चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्येनले आशियान चीनको परिधीय कूटनीतिको प्राथमिकता र "बेल्ट एण्ड रोड" संयुक्त रूपमा निर्माण गर्ने प्रमुख क्षेत्र हो भन्दै सन् २०२१ बृहत् रणनीतिक साझेदारी सम्बन्धको स्थापना भएदेखि चीन-आशियान सम्बन्धले विकासको राम्रो प्रवृत्ति कायम राखेको र चीन-आशियान भाग्य समुदायसँग घनिष्ठता निर्माण गर्न ठोस कदम चालेको व्यक्त गर्नुभएको छ।
२३ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लिन च्येनले पत्रकारसँग चीन-आशियान एक्स्पो र चीन-आशियान वाणिज्य तथा लगानी शिखर सम्मेलनबारे कुराकानी गर्दै उक्त कुरा बताउनुभएको हो। उहाँले चीनले आशियानका विभिन्न मुलुकसँग चीन-आशियान एक्स्पोको प्लेटफर्म भूमिका निर्वाह गरी स्वतन्त्र व्यापार क्षेत्र निर्माणको सुअवसर समातेर व्यापार र आपसी लगानीलाई अरू विस्तृत गरेर विभिन्न क्षेत्रका व्यवहारिक सहयोग संभावनालाई बढाउँदै अझ घनिष्ठ चीन-आशियान भाग्य समुदायको रचना गर्ने इच्छा लिएको उल्लेख गर्नुभयो।