सी चिनफिङद्वारा चन्द्र अन्वेषण परियोजनाको छाङहो नं ६ मिशनमा संलग्न अनुसन्धान र परीक्षण कर्मचारीका प्रतिनिधिसँग भेट
2024-09-23 19:11:47cri
Share with:

२३ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत् सभा भवनमा चन्द्र अन्वेषण परियोजनाको छाङहो नं ६ मिशनमा संलग्न भएका अनुसन्धान र परीक्षण कर्मचारीका प्रतिनिधिसँग भेट गर्नुका साथै महत्वपूर्ण भाषण गर्नुभएको छ।

 

सी चिनफिङले चन्द्रमा अन्वेषण परियोजनाको नतिजाले पुस्तादेखि चिनियाँ अन्तरिक्ष यात्रीको बुद्धि र कडा परिश्रमलाई मूर्त रूप दिएको भन्दै चीनले वैज्ञानिक र प्राविधिक आत्मनिर्भरतामा वर्षौंदेखि हासिल गरेका उल्लेखनीय उपलब्धि देखाइनुका साथै चिनियाँ जनताको महत्वाकांक्षा, शक्ति र विश्वासलाई पूर्ण रूपमा देखाइएको दोहोर्याउनुभयो।

 

उहाँले सपना पछ्याउने, साहसका साथ अन्वेषण गर्ने, सहकार्यबाट कठिनाइसँग जुध्ने र जित हासिल गर्ने चन्द्रमा खोजी भावनालाई दृढताका साथ अगाडि बढाउन आवश्यक रहेको भन्दै सबै चिनियाँ जनताको राष्ट्रिय आत्म-विश्वास र स्वाभिमानलाई अझ बढाएर चिनियाँ शैलीको आधुनिकीकरणको आधारमा शक्तिशाली देशको निर्माण र राष्ट्रिय पुनरूत्थानको महान् कार्यलाई व्यापक रूपमा प्रवर्द्धन गर्न राजसी शक्ति जम्मा गर्नुपर्ने कुरामा जोड दिनुभयो।