“विश्व मेयर वार्ता - हाङ चौ” र नवौँ हाङ चौ अन्तर्राष्ट्रिय भगिनी शहरहरूका मेयरहरूको मञ्च सेप्टेम्बर २५ तारिख आयोजना हुने भएको छ। १५ वटा मुलुक तथा क्षेत्रका २४ वटा शहरहरूका मेयर वा मेयरका प्रतिनिधि, चीनका लागि विदेशी राजदूत, चीन सम्बन्धित विभाग र शहरका प्रतिनिधिले शहरीय शासनको नयाँ धारणाबारे छलफल गर्ने छन्।
“विश्व मेयर वार्ता - हाङ चौ” र नवौँ हाङ चौ अन्तर्राष्ट्रिय भगिनी शहरहरूका मेयरहरूको मञ्चको दौरान चिनियाँ तथा विदेशी मेयरहरूले “शहरीय शासन र दिगो विकास” को मुख्य विषयवस्तुमा गहन रूपमा वार्ता गर्ने, शहरीय व्यवस्थापनको अत्याधुनिक अनुभव बाँड्ने, दिगो विकासको नयाँ माध्यमबारे छलफल गर्ने छन्।
यसबाहेक, “शहर र डिजिटल प्रविधि तथा वास्तविक अर्थतन्त्रको मिश्रण” र “शहर र हरित विकास” मुख्य विषयवस्तु रहेका दुईवटा मञ्चको पनि आयोजना गरिने छ।