सी चिनफिङद्वारा अनुरा दिशानायकेलाई श्रीलंकाका राष्ट्रपतिको पद सम्हाल्नुभएकोमा शुभकामना व्यक्त
2024-09-23 14:52:28cri
Share with:

सेप्टेम्बर २३ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अनुरा दिशानायकेलाई बधाई सन्देश पठाउँदै श्रीलंकाका राष्ट्रपतिको पद सम्हाल्नुभएकोमा शुभकामना व्यक्त गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले चीन र श्रीलंका परम्परागत मैत्रीपूर्ण छिमेकी भएको र दौत्य सम्बन्ध स्थापनाको ६७ वर्षयता दुई फरक मुलुक ठूलो र सानो मुलुकहरूबीच मैत्रीपूर्ण आदान-प्रदान, पारस्परिक हित र सहयोगको नमूना बनेको बताउनुभयो। सीले राष्ट्रपति दिशानायकेसँग चीन र श्रीलंकाको “बेल्ट एण्ड रोड” को उच्च गुणस्तरीय साझा निर्माणलाई अझै धेरै उपलब्धि हासिल गर्न अगाडि बढाउने तथा दुई मुलुकको मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको विकासलाई अगाडि बढाउने कुरामा जोड दिनुभएको छ।