अन्तर्राष्ट्रिय समुदायद्वारा अफ्गानिस्तानको कठिनाइमा ध्यान केन्द्रित गरिनुपर्छ: चीनको परराष्ट्र मन्त्रालय
2024-09-23 18:16:15cri
Share with:

हाल संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषद्को ५७औँ बैठकले अफ्गानिस्तानको मानवअधिकार अवस्थाबारे विस्तारित संवाद गरेको छ। केही सहभागी प्रतिनिधिले अफ्गानिस्तानको महिला अधिकारबारे चिन्ता व्यक्त गरेका छन्। चिनियाँ प्रतिनिधिले समानता र सम्मानजनक रूपमा महिला र बालबालिकाको अधिकारको संरक्षणलाई क्रमशः सुधार र सुदृढ गर्न अफ्गानिस्तानका शासकलाई निर्देशन दिन आग्रह गरेका छन्।

 

२३ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्येनले पत्रकारसँग त्यसबारे कुराकानी गर्दै चीन सरकारले महिला अधिकारको संरक्षण गर्न ध्यान दिइरहनुका साथै अफ्गानिस्तानी शासकले महिला अधिकारको सम्मान र संरक्षण गर्ने कुरा धेरै पटक दोहोर्याएको देखेपछि चीनले अफ्गानिस्तानले त्यसको पालना गरी सम्बद्ध पक्षसँग मैत्रीपूर्ण रूपमा सल्लाह गरी समाधान गर्नसक्ने आशा लिएको व्यक्त गर्नुभयो। साथै यो पनि बुझ्नुपर्छ कि महिला अधिकारको विषय अफ्गानिस्तानको समग्र समस्या होइन, समस्याको मूल जड पनि होइन भन्ने कुरा पनि प्रवक्ता लिनले उल्लेख गर्नुभयो।