स्थानीय समय सेप्टेम्बर २३ तारिख सी चिनफिङका विशेष प्रतिनिध एवम् चीनका परराष्ट्र मन्त्री वाङ यीले न्युयोर्कमा भविष्यका लागि संयुक्त राष्ट्रसंघको शिखर सम्मेलनमा उपस्थित हुँदै “साझा भाग्य बुझ्दै, सुन्दर भविष्य सिर्जना” शीर्षकमा सम्बोधन गर्नुभएको छ।
वाङ यीले भविष्य मानव विकासको इच्छा हो भन्दै भविष्यका लागि शिखर सम्मेलनको आयोजना, भविष्य सम्झौताको प्रकाशित, विश्वको शान्ति र विकासका लागि शक्ति संकलन, मानग भाग्यका लागि ब्लुप्रिन्ट चित्रणको महत्वपूर्ण अर्थ रहेको कुरा बताउनुभयो। उहाँले मानवजातिको एक मात्रै पृथवी रहेको भन्दै विभिन्न मुलुकले पृथ्वीको संरक्षण गर्नका लागि सहकार्य गर्नुपर्ने कुरामा जोड दिनुभयो।
वाङ यीकाअनुसार, राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्तुत गर्नुभएको मानव भाग्य समुदाय अवधारणा, “बेल्ट एण्ड रोड”को उच्च गुणस्तरीय साझा निर्माण, विश्व विकास प्रस्ताव, विश्व सुरक्षा प्रस्ताव, विश्व सभ्यता प्रस्तावले मानवले चुनौतीको सामना गर्नका लागि नयाँ योजना उपलब्ध गराएको र सुन्दर संसार निर्माण गर्नका लागि नयाँ ब्लुप्रिन्ट चित्रण गरेको छ।