चीनको बित्त व्यवसायको जोखिम नियन्त्रणयोग्य
2024-09-24 14:29:22cri
Share with:

सेप्टेम्बर २४ तारिख चीनको राज्य परिषदको प्रेस कार्यालयले एक पत्रकार सम्मेलन आयोजना गरेको छ। चिनियाँ राष्ट्रिय बित्तीय अनुगमन तथा व्यवस्थापन ब्युरोका महानिर्देशक ली युनचले चालु वर्षदेखि चिनियाँ राष्ट्रिय बित्तीय अनुगमन तथा व्यवस्थापन ब्युरोले जोखिमको रोकथाम, अनुगमन तथा व्यवस्थापनको प्रबर्द्धन, विकासको बढवा गरी तीनवटा कार्यलाई अगाडि बढाएको बताउनुभएको छ।

ली युनचले उच्च जोखिम संस्थानहरू बाहुल्य रहेका क्षेत्रहरूमा सुधारमार्फत जोखिमलाई न्युनीकरण गर्ने ठोस योजना पूरा भइसकेको बताउँदै “एक प्रान्तमा एक नीति” स्थिरताका साथ कार्यान्वयन गरिँदैआएको बताउनुभयो।

उहाँले चीनको बित्त व्यवसाय खास गरी ठूलो बित्तीय संस्थानहरूको संचालन स्थिर भएको र जोखिम नियन्त्रणयोग्य भएको उल्लेख गर्नुभयो।