अस्ट्रेलियामा “अनलाइन सुनौलो पत्र:म र चीन बीचको कथा”
2024-09-24 14:33:09cri
Share with:

स्थानीय समय सेप्टेम्बर २३ तारिख चाइना मिडिया ग्रुपले आयोजना गरेको “अनलाइन सुनौलो पत्र:म र चीन बीचको कथा” शीर्षकमा अस्ट्रेलियाली विशेष कार्यक्रम क्यानबेरामा आयोजना भएको छ। “अनलाइन सुनौलो पत्र:म र चीन बीचको कथा” शीर्षकमा कार्यक्रम जन गणतन्त्र चीन स्थापनाको ७५ वार्षिकोत्सव मनाउनका लागि आयोजना गरिएको हो। उक्त कार्यक्रमलाई चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाईस्युङले भिडियो सम्बोधन गर्नुभएको छ। 

शन हाईस्युङले जन गणतन्त्र चीन स्थापनाको ७५ वार्षिकोत्सवका उपलक्ष्यमा चाइना मिडिया ग्रुपले “अनलाइन सुनौलो पत्र:म र चीन बीचको कथा” शीर्षकमा विश्वव्यापी संग्रह कार्यक्रम आयोजना गरेको बताउँदै ६० भन्दा बढी मुलुकका साथीहरूले चीन र विदेशको भावनासम्बन्धी १६०० वटा कथा र हरेकले पत्र लेखेर प्रस्तुत गरेको बताउनुभयो। 

अस्ट्रेलियाका लागि चिनियाँ राजदूत साउ छनले चाइना मिडिया ग्रुपले आयोजना गरेको “अनलाइन सुनौलो पत्र:म र चीन बीचको कथा” शीर्षकमा अस्ट्रेलियाली विशेष कार्यक्रमले चीन र अस्ट्रेलियाबीचको मित्रता कथा देखाएको बताउनुभयो। 

अस्ट्रेलिया-चीन मित्रता संघअन्तर्गत क्यानबेरा शाखाका अध्यक्ष कोरोल कैलले जन गणतन्त्र चीन स्थापनाको ७५ औँ वार्षिकोत्सवप्रति शुभकामना व्यक्त गर्नुभयो।