२१औँ चीन-आशियान एक्स्पो शुरु
2024-09-24 18:17:38cri
Share with:

सेप्टेम्बर २४ तारिख २१औँ चीन-आशिया एक्स्पो अर्थात् चीन-आशियान वाणिज्य मामिला तथा लगानी शिखर सम्मेलन क्वाङ सी प्रान्तको नान निङमा सुरु भएको छ। “सदिच्छापूर्ण तथा समावेशी संयुक्त विकास,चीन –आशियान स्वतन्त्र व्यापार क्षेत्रको ३.० संस्करणको निर्माण तथा उच्च गुणस्तरीय वृद्धि”भन्ने मुख्य विषय लिएको यस एक्स्पोले चीन र आशियान राष्ट्रहरुबीचको सहयोगको पछिल्लो उपलब्धिहरु देखाउने छ।

यस शिखर सम्मेलनले चिनियाँ तथा विदेशी नेताहरु,सरकारी पदाधिकारीहरु,चीनका लागि आशियान राष्ट्रका राजदूतहरु लगायत ११०० भन्दा बढी प्रतिनिधिहरुलाई आमन्त्रित गरेको छ। उद्घाटन समारोह लगायत उच्च स्तरीय वार्ता कार्यक्रमहरुमार्फत चीन र आशियान राष्ट्रहरुका नेताहरुले आपसी चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध गहन पार्ने,बेल्ट एण्ड रोडको उच्च गुणस्तरीय निर्माण आदि क्षेत्रमा अझ व्यापक रणनीतिक सहयोगात्मक सहमति प्राप्तिका लागि प्रवर्द्धन गर्ने छन्।