माल्दिभ्सका राष्ट्रपति मुइजु र चिनियाँ परराष्ट्रमन्त्री वाङ यीबीच भेटघाट
2024-09-24 10:39:53cri
Share with:

स्थानीय समय अनुसार सेप्टेम्बर २३ तारिख माल्दिभ्सका राष्ट्रपति मोहमेद मुइजुले न्यूयोर्कमा चीनका परराष्ट्र मन्त्री वाङ यीसँग भेटघाट गर्नुभएको छ।

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले राष्ट्रपति मुइजुलाई दिनुभएको हार्दिक अभिवादन वाङ यीले सुनाउनुभयो। चीनले माल्दिभ्ससँग मिलेर दुई मुलुकका राष्ट्रानायकहरूबीच प्राप्त भएको महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतार्ने, चीन र माल्दिभ्सको सम्बन्धलाई नयाँ विकास स्तर चढ्न अगाडि बढाउने आशा वाङ यीले व्यक्त गर्नुभयो।

चीनले निरन्तर रुपमा माल्दिभ्सलाई राष्ट्रिय सर्वभौमिकताको स्वतन्त्रता, भूभागको अक्षुण्णताको संक्षरण गर्न समर्थन दिने र माल्दिभ्सलाई राष्ट्रिय अवस्थासित अनुकूल हुने विकास बाटोको अन्वेषण गर्न समर्थन दिने कुरामा वाङ यीले जोड दिनुभयो।

मुइजुले जन गणतन्त्र चीनको स्थापनाको ७५ औँ वार्षिकोत्सवप्रति शुभकामना व्यक्त गर्नुभयो। उहाँले माल्दिभ्स सरकार र जनताले माल्दिभ्सको आर्थिक तथा सामाजिक विकासका लागि चीनले दिएको सहयोगप्रति कृतज्ञता ज्ञापन गर्दै चीनको प्रशंसा व्यक्त गर्नुभयो।