चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्येनले निष्पक्षता, न्याय, समानता र समावेशीताका सिद्धान्तमा अन्तर्राष्ट्रिय पनडुब्बी केबल सहयोग सञ्चालन गर्न अन्तर्राष्ट्रिय समुदायलाई चीनले समर्थन गर्ने व्यक्त गर्नुभएको छ।
२४ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लिन च्येनले उक्त कुरा बताउनुभएको हो। हाल धेरै अमेरिकी र युरोपेली मिडिया रिपोर्टले खुलासा गरेका छन् कि अमेरिकाले सेप्टेम्बरको अन्तमा संयुक्त राष्ट्र संघको महासभा अवधिमा पनडुब्बी केबलको न्यूयोर्क संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्ने योजना बनाएको छ भने केही मिडियाका विश्लेषणका अनुसार, अमेरिकाको उक्त कदमको उद्देश्य नै चिनियाँ पनडुब्बी केबल कम्पनीलाई विश्वव्यापी पनडुब्बी केबल आपूर्ति श्रृंखलाबाट बाहिर निकाल्ने रहेको छ।
प्रवक्ता लिन च्येनले पत्रकारसँग त्यसबारे कुराकानी गर्दै अन्तर्राष्ट्रिय पनडुब्बी केबल समकालीन विश्वव्यापी संचारको लागि सबैभन्दा महत्त्वपूर्ण सूचना वाहक हो साथै डिजिटल अर्थव्यवस्था र अन्तर्राष्ट्रिय सीमापार व्यापारलाई समर्थन गर्ने मुख्य पूर्वाधार पनि हो भन्दै चीनले त्यसको कडा विरोध गरेको छ र निष्पक्षता, न्यायिकता, समानता र समावेशीताका सिद्धान्तमा अन्तर्राष्ट्रिय पनडुब्बी केबल सहयोग सञ्चालन गर्न अन्तर्राष्ट्रिय समुदायलाई समर्थन गर्ने बताउनुभयो।