लेबनान आक्रमणबाट ठूलो क्षति भएकोप्रति चीन स्तब्ध
2024-09-24 16:53:47cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्येनले लेबनान र इजरेल बीचको वर्तमान तनावमा चीनले ध्यान दिएको र प्रासंगिक सैन्य कारबाहीबाट भएको ठूलो संख्यामा हताहतीप्रति गहिरो रुपमा स्तब्ध भएको व्यक्त गर्नुभएको छ।

 

२४ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लिन च्येनले उक्त कुरा बताउनुभएको हो।

 

लेबनानको जनस्वास्थ्य मन्त्रालयले २३ तारिख जानकारी दिएअनुसार, इजरेलले लेबनानमा गरेको बमबारीबाट ४९२ जनाको ज्यान गएको छ साथै १६४५ जना घाइते भएका छन् जुन लगभग १ वर्षसम्म लेबनानी-इजरायली द्वन्द्वमा देखिएको सबैभन्दा घातक दिन बनेको छ।

 

प्रवक्ता लिनले त्यसबारे पत्रकारसँग कुराकानी गर्दै चीनले लेबनानी सार्वभौमसत्ता र सुरक्षाको उल्लङ्घनको विरोध गर्नुका साथै निर्दोष नागरिकलाई हानी गर्ने सबै कार्यको विरोध र निन्दा गरेको दोहोर्याउनुभयो। चीनले स्थितिलाई तुरुन्तै सहज बनाउन, क्षेत्रीय तनाव रोक्न र मध्यपूर्वमा शान्ति तथा स्थिरता र जनताको जीवनको सुरक्षालाई प्रभावकारी रूपमा सुरक्षित गर्न सम्बन्धित पक्षलाई आह्वान गरेको पनि उहाँले बताउनुभयो।