फङ लीयुआन “चीन-अमेरिका मित्रता, युवावस्थामा फर्किँदा” शीर्षकको कार्यक्रममा उपस्थित
2024-09-25 09:30:31cri
Share with:

सेप्टेम्बर २४ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङकी श्रीमती फङ लीयुआन पैचिङ नम्बर ८ उच्च माध्यमिक विद्यालयमा “चीन-अमेरिका मित्रता, युवावस्थामा फर्किँदा” शीर्षकको चीन-अमेरिका युवा तथा किशोर साँस्कृतिक तथा खेलकुद आदान-प्रदान कार्यक्रममा उपस्थित हुनुभएको छ।

सो अवसरमा फङ लीयुआनले अमेरिकी वाशिङटन राज्यबाट आएका युवायुवती र किशोरकिशोरीसँग सौहार्दपूर्ण कुराकानी गर्नुभयो। उहाँले शिक्षकशिक्षिका र विद्यार्थीलाई चीनको भ्रमण गरेर चीनबारे जानकारी लिन र साँच्चै चीनको अनुभव गर्न स्वागत गर्नुभयो।

फङ लीयुआनले चीन र अमेरिकाको सम्बन्धको भविष्य युवावर्गमा निर्भर छ भन्दै सबैले स्वदेश फर्केपछि परिवार, साथी, सहपाठीसँग चीनको भ्रमण अनुभव बाँड्नसक्ने भन्दै चिनियाँ जनताको मित्रताको प्रचार-प्रसार गर्नसक्ने आशा व्यक्त गर्नुभयो।