चिनियाँ सफ्टवेयर र हार्डवेयर प्रयोगमा प्रतिबन्ध लगाउन अमेरिकाले के योजना बनाइरहेको छ?
2024-09-25 16:25:39cri
Share with:

“यो अमेरिकाले चिनियाँ अटोमोबाइललाई दबाएको पछिल्लो उदाहरण हो र यो स्पष्ट व्यापारिक संरक्षणवाद हो।”

“यसले ग्लोबल आपूर्ति श्रृंखलाका लागि नकारात्मक असर पर्ने छ”……

स्थानीय समय अनुसार २३ तारिख अमेरिकाको वाणिज्य विभागले अमेरिकामा जडान गरिएका कार र स्वचालित कारलाई चिनियाँ विकसित सफ्टवेयर र हार्डवेयर प्रयोग गर्न प्रतिबन्ध लगाउने प्रस्ताव गरेपछि अन्तर्राष्ट्रिय जनमतको व्यापक शंका र आलोचना पाएको छ।

 "चीनले व्यापार उल्लङ्घन गरेको होइन तर अमेरिकाले रणनीतिक गल्ती गरेको छ," यो कुरा प्रसिद्ध अमेरिकी अर्थशास्त्री तथा सरकारी आर्थिक सल्लाहकार परिषद्का पूर्व अध्यक्ष जोसेफ स्टिग्लिट्जले चीन र अमेरिकाबीचको आर्थिक तथा व्यापारिक द्वन्द्वप्रति व्यक्त गरेको धारणा हो।

योजनाका अनुसार अमेरिकाले तीन दिनमै सर्वसाधारणद्वारा उक्त प्रस्तावप्रति गरिने टिप्पणी स्वीकार गर्ने छ। उनीहरुले स्वदेशी व्यवसायको माग र आग्रह सुन्नुपर्छ। चीनले आफ्नो वैज्ञानिक कानूनी अधिकारको दृढ संरक्षण गर्नुपर्छ। चीनको कार उद्योगहरुले वैज्ञानिक प्राविधिक नवीनता र सुरक्षाले बजारको विकास गरेका हुन्। अमेरिकाले आफैले बनाएको बाटोबाट चीन र चीनको विकासबारे अनुमान गर्नुहुँदैन।