चीनको खगोलीय प्रविधिका नतिजाहरू मानवका लागि थप लाभकर -चीनका राष्ट्राध्यक्ष सी चिनफिङ
2024-09-25 16:04:12CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर २३ तारिख बेइजिङमा चीनको चन्द्रमा अन्वेषण परियोजनाले दिने पारस्परिक लाभ, शान्ति र सहकार्यको सिद्धान्तलाई कायम राखेर विभिन्न प्रकारका खगोलीय अन्तर्राष्ट्रिय आदानप्रदान र सहकार्यलाई अघि बढाउने बताउनुभयो। उहाँले विभिन्न देशहरूसँग विकासका नतिजाहरू साझा गर्ने र खगोलीय प्रविधिका नतिजाहरू मानवका लागि थप लाभकर हुने पनि स्पष्ट पार्नुभयो।

 

सोही दिन राष्ट्राध्यक्ष सी चिनफिङले बेइजिङमा चन्द्रमा अन्वेषण परियोजनाको छाङ अ नम्वर ६ मा काम गर्ने प्रतिनिधिलाई भेट्दै चन्द्रमाबाट ल्याइएका नमुना र अन्वेषण परियोजनाका नतिजाको प्रदर्शनको निरीक्षण पनि गर्नुभयो।