संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार परिषद्को ५७औँ अधिवेशनमा अमेरिका र अन्य केही देशले चीनको मानवअधिकारका विषयमा आक्रमण र बदनाम गर्ने कुरा गरेका छन् त्यसको प्रतिक्रियामा १०० भन्दा बढी देशले सिनच्याङ, हङकङ र सिचाङ(तिब्बत) सम्बन्धी विषयमा चीनको अडानलाई समर्थन गर्नुका साथै मानवअधिकारको विषयलाई राजनीतिकरण गरेकोमा विरोध गरेका छन्।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्येनले २४ तारिख जेनेभामा भएको यो अवस्थाबारे २५ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो। उहाँले १००भन्दा बढी देशले संयुक्त राष्ट्र संघमा चीनको समर्थनमा फेरि एक पटक न्यायसंगत आवाज उठाएबाट मानव अधिकारका विषयलाई राजनीतिकरण गर्ने अमेरिका र केही पश्चिमी देशको गतिबिधि अन्तर्राष्ट्रिय समुदायमा अलोकप्रिय र असफल हुने निश्चित देखिएको दोहोर्याउनुभयो। चीनले अमेरिकालाई आफ्ना गम्भीर मानवअधिकार समस्यालाई गहिरो रूपमा चिन्तन गरी प्रभावकारी रूपमा समाधान गर्न, आफ्नै जनताको मानवअधिकारको प्रभावकारी संरक्षण गर्न, अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर्न र अन्तर्राष्ट्रिय मानवअधिकार सहयोगमा रचनात्मक रूपमा सहभागी हुन आग्रह गरेको पनि प्रवक्ता लिनले बताउनुभयो।