स्थानीय समय सेप्टेम्बर २४ तारिख, संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको ५७ औँ बैठकमा, चीनको मानव अधिकार अवस्थाको विषयमा अमेरिकाले आक्रमण गर्दा सय भन्दा बढी देशहरूले विभिन्न ढाँचाहरूद्वारा चीनलाई समर्थन गरेका छन् र मानव अधिकारको मामलालाई राजनीतीकरण गरेको कार्यको विरोध पनि गरेका छन्।
जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी प्रतिनिधि तथा स्विजरल्याण्ड लगायत अरू अन्तर्राष्ट्रिय संघहरूका प्रतिनिधि छन स्यूले “आदानप्रदान र सहकार्यद्वारा मानव अधिकार अघि बढाउने मित्र समूह”को सदस्य देशका रूपमा आफ्नो धारणा व्यक्त गर्नुभयो। हालको मानव अधिकार परिषदमा राजनीतीकरण गरिएको वातावरण सुदृढ पार्दै गएको भन्दै उहाँले गुटगत टकरावको रणभूमि बनाउन नहुने चेतावनी दिनुभयो। आपसी विश्वास, आदानप्रदान र सहकार्य गर्ने ठाउँ निर्माण गर्नुपर्ने पनि उहाँले स्पष्ट पार्नुभयो।
चिनियाँ प्रतिनिधि मण्डलले हालै चीनले मानव अधिकारको संरक्षण गर्ने अवस्थाका लागि गरेका कार्यको सविस्तार वर्णन गर्दै, अमेरिकाले मानव अधिकारको उलङ्घन गरेको कार्यमा विरोध गरेको जानकारी दिएको छ। सम्बन्धित देशहरूलाई मानव अधिकारको संरक्षणमा ठोस सहयोग प्रदान गर्ने सुझाव पनि चीनले दिएको छ।