मस्कोमा “अनलाइन सुनौलो पत्र:म र चीन बीचको कथा”
2024-09-26 16:59:52cri
Share with:

स्थानीय समय अनुसार सेप्टेम्बर २४ तारिख चाइना मिडिया ग्रुपले आयोजना गरेको “अनलाइन सुनौलो पत्र:म र चीन बीचको कथा” शीर्षकको रूसी कार्यक्रम मस्कोमा आयोजना भएको छ। “अनलाइन सुनौलो पत्र:म र चीन बीचको कथा” कार्यक्रम जन गणतन्त्र चीन स्थापनाको ७५औं वार्षिकोत्सव मनाउनका लागि आयोजना गरिएको हो। उक्त कार्यक्रमलाई चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइस्युङले भिडियो सम्बोधन गर्नुभयो। 

 

उहाँले जन गणतन्त्र चीन स्थापना भएको ७५औँ वार्षिकोत्सवको उपलक्ष्यमा “अनलाइन सुनौलो पत्र:म र चीन बीचको कथा” विश्वव्यापी संकलन कार्यक्रमको आयोजना गरेपछि ६० वटाभन्दा बढी मुलुकका १६०० वटा कथा संकलन भएको र त्यसबाट विभिन्न भाषामार्फत साझा भावना देखाइनु विश्वका विभिन्न मुलुकका भावना र सँस्कृतिको गहिरो एकीकरणको प्रतिनिधित्व भएको व्यक्त गर्नुभयो। उहाँले सीपीसी २०औँ केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकले विश्वको आधुनिकीकरणलाई नयाँ विकास मौका प्रदान गरी आपसी सभ्यता आदान-प्रदान र सिकाइलाई गहन पार्ने झ्याललाई विस्तृत गरेको भन्दै सबैसँग मिलेर मानव भाग्य समुदायलाई अघि बढाउने उल्लेख गर्नुभयो।