बीस वर्षयता चीन र आशियानको द्विपक्षीय व्यापारमा वार्षिक औसत वृद्धि दर ११ प्रतिशत
2024-09-26 09:30:08cri
Share with:

२१औँ चीन-आशियान मेला क्वाङ सीको नान निङमा जारी छ। चीन-आशियान मेलाले चीन र आशियान मुलुकहरू बीचको व्यावहारिक सहयोग सबल बनाउने महत्वपूर्ण चौतारो खडा गरेको छ साथै चीन र आशियान बीचको सम्बन्धको तीव्र विकासको साक्षी पनि बनेको छ।

भन्सार विभागको तथ्यांकअनुसार, चीन-आशियान मेलाको आयोजना भएको बीस वर्षयता चीन र आशियानको द्विपक्षीय व्यापार सन् २००४ को ८ खर्ब ७६ अर्ब ३८ करोड चिनियाँ युआनबाट बढेर सन् २०२३ मा ६४ खर्ब १० अर्ब चिनियाँ युआन पुगेको छ र वार्षिक औसत वृद्धि दर ११ प्रतिशत पुगेको छ।

चालू वर्षका अघिल्ला आठ महिनामा आशियानसितको चीनको आयत-निर्यात रकम ४५ खर्ब चिनियाँ युआन पुगेको छ र गत वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ। आशियान निरन्तर रुपमा चीनको पहिलो ठूलो व्यापारिक साझेदार बनेको छ।