चाइना इन्टरनेशनल इन्टेलिजेन्ट कम्युनिकेसन फोरम च्याङसु प्रान्तको उसीमा सम्पन्न भएको छ।
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको प्रचार विभागका उपमन्त्री एवम् सिएमजीका निर्देशक शन हाइस्योङ र च्याङ्सु प्रान्तीय पार्टी समितिका उपसचिव एवम् च्याङसु प्रान्तका गभर्नर स्यु खुनलिनले उक्त कार्यक्रममा उपस्थित भई भाषण दिनुभयो। फ्रान्सका पूर्व प्रधानमन्त्री एवम् फ्रान्सेली भिजन एण्ड इनोभेसन फाउन्डेसनका अध्यक्ष जीन पियरे राफेरिनले भिडियोमार्फत भाषण दिनुभयो।
शन हाइस्योङले आफ्नो भाषणमा सन् २०२४ बौद्धिक प्रविधिको द्रूत विकासको वर्ष हुने बताउनुभयो। सिएमजीले "नयाँ उत्पादक शक्तिहरूको विकास" सम्बन्धी राष्ट्राध्यक्ष सी चिनफिङको महत्वपूर्ण निर्देशनको भावनाबाट निर्देशित भएर बौद्धिक सञ्चारका अद्भूत क्षणहरूको श्रृंखला सिर्जना गरेको छ।