सेप्टेम्बर २५ तारिख चाइना मिडिया ग्रुप अर्थात् सीएमजीले च्याङसु प्रान्तको "ब्रान्ड पावर परियोजना" सँग रणनीतिक सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर कार्यक्रम नानचिङ नगरमा आयोजना गरिएको छ। सीपीसी च्याङसु प्रान्तका अध्यक्ष सिन छाङसिङ र सीएमजीका महानिर्देशक शन हाइस्युङले कार्यक्रममा उपस्थित भएर सम्बोधन गर्नुभएको छ।
अध्यक्ष सिन छाङसिङले यस पटकको "ब्रान्ड पावर परियोजना" सँग रणनीतिक सहयोग सम्झौता हस्ताक्षर कार्यक्रम नै च्याङसु प्रान्त र सीएमजीबीच घनिष्ठ सहयोगको अर्को महत्वपूर्ण उपलब्धि हो भने च्याङसु प्रान्तको ब्रान्ड निर्माणलाई सुदृढ पार्न र उच्च गुणस्तरको विकासलाई अझ राम्रो बनाउन महत्वपूर्ण अर्थ रहेको बताउनुभयो। यस कार्यक्रमको सुअवसर समातेर सीएमजीसँग व्यापक सहयोगलाई गहन पार्ने इच्छा आफूले लिएको पनि उहाँले व्यक्त गर्नुभयो।
शन हाइस्युङले वर्तमान विश्वका सबभन्दा ठूला व्यापक अन्तर्राष्ट्रिय मिडियाको रूपमा रहेको सीएमजीको "ब्रान्ड पावर परियोजना"ले धेरै चिनियाँ ब्रान्डलाई विश्वमा लोकप्रिय बनाएको भन्दै सीएमजीले च्याङसु प्रान्तसँग मिलेर बलियो देश निर्माण र राष्ट्रिय पुनरूत्थानको महान् कार्यमा योगदान गर्ने व्यक्त गर्नुभयो।