सेप्टेम्बर २५ तारिखमा, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा परराष्ट्र मन्त्री वाङ यी न्यूयोर्कमा अवस्थित् संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित “विश्वव्यापी विकास पहलबाट ग्लोबल साउथको समर्थन - चीनको सक्रियता” विषयक गतिविधिमा सहभागी हुनुभएको छ। सो गतिविधिमा, ७९औँ संयुक्त राष्ट्रसंघका महासभाका अध्यक्ष फिल्मोन याङ, संयुक्त राष्ट्रसंघका उपसचिव ली जुन् ह्वाका साथै लाओस, कम्बोडिया, इथियोपिया, बुरुन्डी, युगान्डा, बुर्किना फासो, डोमिनिका, क्युबा लगायतका २० भन्दा बढी देशका सदस्यहरू पनि सहभागी हुनुभएको छ।
वाङ यीले आफ्नो सम्बोधनमा व्यक्त गर्नुभएको छ कि चीनका राष्ट्राध्यक्ष सी चिनफिङको नेतृत्व र विभिन्न पक्षहरूको संयुक्त प्रयासमा विश्वव्यापी विकास पहलले चीनको सुझावदेखि अन्तर्राष्ट्रिय सहमति, सहकार्य सिद्धान्तदेखि संयुक्त कार्यसम्म विकास गर्दै आएको र चीनले संयुक्त राष्ट्र संघको सन् २०३० को दिगो विकास कार्यसूचीका लागि चीनको शक्ति तथा योजनालाई बढाएको बताउनुभयो।
उहाँले विश्वको आधुनिकीकरणको प्रक्रियामा कुनै पनि देश पछाडि पर्नु हुँदैन र ग्लोबल साउथको विकासमा समर्थन गर्ने विश्वव्यापी विकास पहलको पहिलो प्राथमिकता भएको बताउनुभयो। सन् २०३० कार्यसूचीको कार्यान्वयन गर्न र आधुनिकीकरणको नतिजालाई हरेक देशमा पुर्याउनका लागि विभिन्न पक्षहरूसँग विश्वव्यापी विकास पहलको सहकार्यलाई गहिरो बनाउने अपेक्षा लिएको पनि बताउनुभयो।