सेप्टेम्बर २७ तारिख चाइना मिडिया ग्रुपको “बेइजिङबाट पेरिससम्म—चिनियाँ तथा फ्रान्सेली मानवीय आदानप्रदान”श्रृंखलावद्ध पुस्कारको शाङहाई वितरण कार्यक्रम आयोजना गरिएको छ।
चिनियाँ उपप्रचारमन्त्री एवम् चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्युङले यस कार्यक्रममा भाग लिँदै विजेता कलाकारहरुलाई पुरस्कार वितरण गर्नुभयो।
उहाँले भाषण दिनुभएअनुसार चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको साँस्कृतिक विचारधाराको निर्देशनमा चाइना मिडिया ग्रुपले चीन र फ्रान्सबीचको दौत्य सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव,पेरिस ओलम्पिक खेलकुद वर्षलाई अवसरका रुपमा लिँदै फ्रान्सको राष्ट्रिय ओलम्पिक र खेलकुद परिषद आदि सँस्थाहरुसँग “बेइजिङबाट पेरिससम्म—चिनियाँ तथा फ्रान्सेली कलाकारको ओलम्पिक यात्रा”भन्ने चिनियाँ कला प्रदर्शनीको आयोजना गरेका छन्। जसले फराकिलो तथा गहिरो चिनियाँ सँस्कृति,नयाँ चीनको जिवन्त शक्ति देखाएको छ। चाइना मिडिया ग्रुपले यस कार्यक्रममार्फत विभिन्न कलाकारहरुसँग मानव जातिको साझा भाग्य समुदायको निर्माणका लागि कला शक्ति सिर्जना गर्न प्रवर्द्धन गर्ने आशा छ।