जन गणतन्त्र चीनको राष्ट्रिय पदक र राष्ट्रिय मानार्थ उपाधि वितरण समारोह आयोजना गरिने
2024-09-27 19:16:32cri
Share with:
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको स्वीकृतिमा जन गणतन्त्र चीनको राष्ट्रिय पदक तथा राष्ट्रिय मानार्थ उपाधि वितरण समारोह सेप्टेम्बर २९ तारिख बिहान १० बजे जनबृहत सभाभवनमा भव्य रूपमा आयोजना हुने छ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले राष्ट्रिय पदक प्राप्त गर्नेहरूलाई "गणतन्त्र पदक", "मित्रता पदक" र राष्ट्रिय मानार्थ पदकहरू वितरण गर्नुका साथै महत्वपूर्ण भाषण दिनुहुने छ।
चाइना मिडिया ग्रुप र सिन्ह्वा समाचार समितिले यस समारोहको प्रत्यक्ष प्रसारण गर्ने छ।