चीनको अत्याधुनिक चलचित्र प्रविधि र अवधारणालाई बेनिन पुर्याउने बेनिनका युवा अभिनेत्री मूलानको इच्छा
2024-09-27 08:54:52cri
Share with:

“फर्म्ड पुलिस यूनिट” नामक चलचित्रले चिनियाँ शान्ति सैनिकहरूले विदेशमा काम गर्दा देखापरेका चुनौती र स्थानीय जनतासँग गाँसेको मित्रताबारे जानकारी दिएको छ। अफ्रिकाको बेनिनबाट आएकी युवा अभिनेत्री अलाजी सौमाइला राउडोथले यो चलचित्रमा निभाएको भूमिकाले दर्शकहरूको मनमा गहिरो छाप पारेको छ। सन् २०१३ अलाजी चीन आइन्। हालसम्म उनले चीनमा एघार वर्षसम्म बसेकी छिन्। उनको कथा एकजना अफ्रिकी केटीले सपनाका लागि प्रयास गरेको यात्रा हो।

अलाजीको चिनियाँ नाम मूलान हो। हालसम्म मूलान धेरै टिभी श्रृंखला, चलचित्र, नाटकमा सहभागी भइन्। चालू वर्षको मे एक श्रमिक दिवसको अवसरमा उनको सहभागिता रहेको चलचित्र “फर्म्ड पुलिस यूनिट” औपचारिक रुपमा प्रसारण गरियो। यो चलचित्रमा उनको भूमिका हिँसात्मक सशस्त्र समूहको अपराधकी साक्षी सेलेनाकी आमाको हो। चिनियाँ शान्ति प्रहरी र सेलेनाकी आमाबीचको कथाले धेरैको मन छोएको छ। मूलान भन्छिन् “हाम्रो यो चलचित्र विश्व शान्तिसित सम्बन्धित छ। हामीले यो चलचित्रमा चिनियाँ शान्ति प्रहरीहरूले अफ्रिकामा गरेको काम देख्यौं। यो चलचित्र साँच्चै कथा बमोजिम सुटिङ गरिएको हो। यो चलचित्रले अफ्रिकामा चिनियाँ शान्ति प्रहरीको काम देखाएको, चीन र अफ्रिकाको मैत्रीपूर्ण सम्बन्ध देखाएको छ।”

मूलानका आँखामा चीन उनले अध्ययन गरेको राम्रो ठाउँ हो र उनले सपना साकार तुल्याएको मञ्च पनि हो। चीनमा अध्ययन गरेका र बसेका ती वर्षहरूमा उनले धेरै न्यानो मान्छेहरूसँग भेटेकी छिन्। उनी भन्छिन् “हाम्रो विश्वविद्यालयमा धेरै चिनियाँ साथी छन्। उनीहरू पनि अध्ययनका लागि आफ्नो जन्मथलो छोडेर आएका हुन्। उनीहरूको घर अरु शहरहरूमा पर्छ। मेरा चिनियाँ साथीका आमाहरूले उनीहरूसँग फोन गर्दा मूलानको राम्रोसँग हेरचाह गर्न र चीनमा मूलानका आफन्त नभएकोले अप्ठ्यारो भएको कुरा सुनाउँछन्। किनभने आमाहरूको विचारमा म ज्यादै दुब्लो छु। चलचित्र समूहमा अभिनेता-अभिनेत्री र निर्देशकले पनि मलाई हेरचाह गरेका छन्।”

मूलानको विचारमा चलचित्र साँस्कृतिक प्रचार-प्रसारको माध्यम हो। उनले अफ्रिकी कथालाई विश्वतर्फ लैजाने र चिनियाँ चलचित्रको अत्याधुनिक प्रविधि र धारणालाई बेनिन पुर्याउने आशा लिइन्। मूलान भन्छिन् “म एक पुल बन्ने आशा लिन्छु। चीन र अफ्रिकाले साँस्कृतिक प्रचार-प्रसार गर्नसक्ने आशा लिएँ। चिनियाँ चलचित्र उत्कृष्ट छ। चीनको भिडियो र छोटा नाटक पनि राम्रा छन्। अफ्रिकामा चलचित्र र भिडियो राम्रोसँग विकास हुनसक्ने आशा लिएँ। यो एक दुई वर्षभित्र पूरा हुन सक्दैन। तर मैले मेरो सपना साकार तुल्याएको त्यो दिन देख्ने आशा लिएकी छु।”