वाङ यी ब्रिक्स मुलुकका विदेश मन्त्रीहरूको वार्तामा उपस्थित
2024-09-27 15:45:30cri
Share with:

सेप्टेम्बर २६ तारिख चीनका परराष्ट्र मन्त्री वाङ यी न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा ब्रिक्स मुलुकका विदेश मन्त्रीहरूको वार्तामा उपस्थित हुनुभएको छ।

वाङ यीले मानवजाति अविच्छिन्न सुरक्षा समुदाय भएको भन्दै कुनै पनि मुलुकको विश्व सुरक्षा एजेन्डामा हेरफेर गर्ने अधिकार नभएको र आफ्नो मुलुकको सुरक्षाका खातिर अरु मुलुकको सुरक्षामाथि हानी पुर्याउन नहुने औँल्याउनुभयो।

वाङ यीले विकास मानव समाजको दीर्घकालीन विषय भएको भन्दै ब्रिक्स मुलुकहरूले विकास विषयलाई संयुक्त राष्ट्र संघको कार्यको केन्द्रीय स्थानमा राख्नुपर्ने, विकासोन्मुख मुलुकहरूको वर्तमान कठिनाइमाथि ध्यान दिनुपर्ने, विकसित मुलुकसँग प्रतिबद्धतालाई व्यवहारमा उतार्न ताकिता गर्नुपर्ने, सन् २०२३ दिगो विकासका लागि शक्तिशाली बल थप्नुपर्ने पनि बताउनुभयो। 

वाङ यीले ब्रिक्सको सदस्य बढेपछिको पहिलो शिखर सम्मेलनको स्वागतको तयारीमा रहेको यस पटकको सम्मेलनको ठूलो अर्थ रहने कुरामा जोड दिनुभयो।