चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा चीनको प्राथमिक भारी उद्योगका कामदार प्रतिनिधिहरूलाई प्रोत्साहित गर्न जवाफ चिठ्ठी
2024-09-28 15:36:31cri
Share with:

हालै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले चीनका प्राथमिक भारी उद्योगका कामदारको प्रतिनिधिलाई चिठी जवाफ पठाउँदै हार्दिकतापूर्वक प्रोत्साहन गर्नुभएको छ र प्रगाढ आशा जगाउनुभएको छ।

 

सीले जोड दिनुभएअनुसार उत्पादन उद्योग देशको जग र बलियो आधार हो। नयाँ युग र नयाँ यात्रामा देशका लागि सेवा गर्दै आफ्नो मौलिक आकांक्षामा अडिग हुनुपर्ने, श्रमको भावनालाई अगाडि बढाउनुपर्ने र बलियो उत्पादनशील देश निर्माण गर्नुपर्नेछ।

 

उहाँले व्यापक पुनरुत्थानको प्रवर्द्धन गर्न आफ्नो बुद्धि र शक्तिको योगदान जारी राख्ने आशा पनि गर्नुभयो। केन्द्रीय उद्यमहरूले सुधार र नवप्रवर्तनलाई गहन पार्न, मुख्य कार्यहरू बढाउन, मुख्य प्रतिस्पर्धात्मक क्षमता बढाउने, चिनियाँ शैलीको आधुनिकीकरणको साथ बलियो देशको निर्माण र राष्ट्रिय कायाकल्पलाई व्यापक रूपमा प्रवर्द्धन गर्न थप योगदान दिनुपर्दछ।