चिनियाँ जनताले चीनको विकासका लागि महत्त्वपूर्ण योगदान दिएका अन्तर्राष्ट्रिय साथीहरूको सधैँ सम्झना गर्नेछ-सी चिनफिङ
2024-09-29 11:23:52CRI
Share with:

सेप्टेम्बर २९ तारिख बिहान, चीनको राष्ट्रिय पदक तथा राष्ट्रिय सम्मान वितरण समारोह जन बृहत् सभाभवनमा आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष तथा चिनियाँ केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सो समारोहमा महत्त्वपूर्ण सम्बोधन गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ, यी ७५ वर्षहरूमा, विश्वमा चिनियाँ जनताहरूसँग अघि बढ्ने धेरै पुराना र नयाँ मित्र तथा साथीहरू छन्। यसै क्रममा आज “मित्रता पदक” बाट सम्मानित दिल्मा रोसेफ एक उत्कृष्ट प्रतिनिधि हुनुहन्छ। चिनियाँ मानिसहरूले चीनको विकास र चीन तथा अरू देशहरूसँगको मित्रता बढाउन ठूलो योगदान दिएका अन्तर्राष्ट्रिय साथीहरूलाई कहिले पनि विर्सन सक्दैनन्। चिनियाँ मानिसहरू विश्वका विभिन्न देशहरूका जनतासँग मिलेर विश्वको शान्ति, संयुक्त विकास, मानवजातिको साझा भविष्य भएको समुदाय र थप उज्ज्वल भविष्यको सिर्जना गर्न इच्छुक छ।