वाङ यीद्वारा विश्वको लागि चिनियाँ शैलीको आधुनिकीकरणको अर्थबारे चर्चा
2024-09-29 16:16:29cri
Share with:
स्थानीय समयअनुसार सेप्टेम्बर २८ तारिख चीनका परराष्ट्रमन्त्री वाङ यीले न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा ७९औँ महासभाको साधारण सभामा भाग लिँदै चिनियाँ शैलीको आधुनिकीकरणको विश्व महत्वको बारेमा विस्तृत व्याख्या गर्नुभएको छ।
वाङ यीले चिनियाँ शैलीको आधुनिकीकरणले विश्व शान्ति र स्थिरतालाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने, साझा विकासलाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने, विश्वव्यापी शासनको सुधारलाई प्रभावकारी रूपमा बढावा दिने, मानव सभ्यताको प्रगतिलाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने औंल्याउनुभयो।