राष्ट्रिय पदक तथा राष्ट्रिय सम्मान वितरण समारोहमा राष्ट्राध्यक्ष सीद्वारा मन्तव्य व्यक्त
2024-09-29 11:39:11CRI
Share with:
सेप्टेम्बर २९ तारिख, जन गणतन्त्र चीनको राष्ट्रिय पदक तथा राष्ट्रिय सम्मान वितरण समारोह जन बृहत् सभाभवनमा आयोजना गरिएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उक्त समारोमा महत्त्वपूर्ण सम्बोधन गर्नुभएको छ
राष्ट्राध्यक्ष सी चिन फिङले हाल चीन चिनियाँ शैलीको आधुनिकीकरणमार्फत् शक्तिशाली देशको निर्माण तथा जातिय पुनरूत्थान विशाल कार्यका लागि महत्त्वपूर्ण अवधिमा रहेको बताउनुभयो। उहाँले भन्नुभयोः हाल चीन चिनियाँ शैलीको आधुनिकीकरणमार्फत् शक्तिशाली देशको निर्माण तथा जातिय पुनरूत्थान विशाल कार्यका लागि महत्त्वपूर्ण अवधिमा छ। यसका लागि सम्पूर्ण जनताले बहादुरीलाई आफ्नो नमूना बनाएर एकिकृतरूपमा मेहनत गरी विशाल शक्तिको विकास गरिरहेको छ।