बितेका ७५ वर्षमा चीन र विश्वले कसरी पारस्परिक लाभ र जीत?
2024-09-30 18:40:25cri
Share with:

यस वर्ष जन गणतन्त्र चीन स्थापनाको ७५ औँ वर्षिकोत्सव हो। यही ७५ वर्षले चीनको तीव्र आर्थिक विकासको चमत्कार देखाउनुका साथै चीन र विश्वबीच पारस्परिक लाभ र जीतको अवस्था पनि देखाएको छ। सन् १९७९ देखि २०२३ सम्म चिनियाँ अर्थतन्त्रको वार्षिक रूपमा औसत ८.९ प्रतिशतले वृद्धि भएको छ, जुन सोही अवधिमा विश्व अर्थतन्त्रको औसत वृद्धिदर ३.० प्रतिशतभन्दा धेरै बढी हो। विशेष गरी विगत दशकमा विश्वको आर्थिक वृद्धिमा चीनको औसत योगदान दर ३० प्रतिशतभन्दा बढी पुगेको छ। चीनले ऐतिहासिक रूपमा निरपेक्ष गरिबीको समस्या समाधान गरेर चौतर्फी रूपमा सम्पन्न समाजको निर्माण गरेको छ। विश्व बैंकको मापदण्डअनुसार सुधार तथा खुलापनदेखि चीनको गरिबी न्यूनीकरणले सोही अवधिमा विश्वको गरिबी न्यूनीकरणमा ७० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ। जसले विश्वव्यापी गरिबी न्यूनीकरण प्रक्रियालाई निकै गति दिएको छ ।

७५ वर्षको ठूलो परिवर्तनमा चीनले किन विश्वसँग पारस्परिक लाभ र जीत गर्न सक्छ? किनभने चीनले जहिले पनि आफूलाई मानवजातिको विकास प्रवृत्तिमा राखेर विश्वसँग सकारात्मक अन्तरक्रिया र सँगै विकास गर्दै विश्वव्यापी शासन प्रणालीलाई अझ न्यायपूर्ण र उचित दिशामा अघि बढाएको छ।

चीन र विश्वबीच पारस्परिक लाभ र साझा जीत पाउनका लागि सर्वप्रथम आफ्नो मामिला राम्रोसँग समाधान गरेर विश्वसँग घनिष्ट रुपमा जोडिएर  आफ्नो विकास गरेको छ।

चीनले सुधार तथा खुलापनबाट आफ्नो विकास हासिल गर्नुका साथै आफ्नै विकासमबाट विश्वको समृद्धि र स्थिरतालाई अघि बढाएको छ। चीन विश्व अर्थतन्त्रको मुख्य ‘स्टेबलाइजर’ र शक्ति स्रोत बनेको छ। ती मध्ये, बजार, उत्पादन र आपूर्ति श्रृंखला, नवीनता र लगानी "चीनको अवसर" बुझ्नका लागि मुख्य कुञ्जीशब्द हुन्।

अझ व्यापक परिप्रेक्ष्यबाट हेर्दा चीन र विश्वबीचको पारस्परिक लाभ र जीत विश्वव्यापी शासनमा गहिरो सहभागिताका साथ खुला विश्व अर्थतन्त्रको निर्माणमा पनि प्रतिबिम्बित हुन्छ ।

चीनको विकासलाई विश्वबाट अलग गर्न सकिँदैन र विश्वको विकासलाई चीनबाट अलग गर्न सकिँदैन – यो सरल सत्य ७५ वर्षको इतिहासले प्रमाणित गरिसकेको छ र भविष्यमा पनि प्रमाणित भइरहनेछ ।