सेप्टेम्बर २५ तारिख “अनलाइन सुनौलो पत्र: म र चीन बीचको कथा” शीर्षकमा जन गणतन्त्र चीन स्थापनाको ७५ औँ वार्षिकोत्सव समारोह क्यानाडा कार्यक्रम ओटावामा सफलताका साथ आयोजना गरिएको छ। चाइना मिडिया ग्रुप र क्यानाडाका लागि चिनियाँ राजदूताबासले संयुक्त रूपमा आयोजित कार्यक्रममा केन्द्रीय प्रचार-प्रसार विभागका उपप्रमुख एवम् चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्योङले भिडियोमार्फत सम्बोधन गर्नुभएको छ। क्यानाडाका लागि चिनियाँ राजदूत वाङ दी लगायत क्यानाडाको राजनीतिक, व्यापारिक, शैक्षिक क्षेत्र र मिडिया संस्थाका ५ सयभन्दा बढी प्रतिनिधिहरू सो कार्यक्रममा सहभागी भएका छन्।
भिडियो सम्बोधनमा महानिर्देशक शन हाई स्योङले चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले विश्वव्यापी आधुनिकीकरणका लागि विकास हुने नयाँ अवसरको सिर्जना गर्नुका साथै सभ्यता आदानप्रदानको झ्याललाई अझ खुला पारेको औँल्याउनुभएको छ।
तत्स्थानमा सहभागी अतिथिहरूले जन गणतन्त्र चीन स्थापनाको ७५ औँ वार्षिकोत्सव मनाइने मुख्य विषयक फोटो प्रदर्शनीको अवलोकन पनि गरेका छन्।