नयाँ चीन स्थापनाको ७५ औँ वार्षिकोत्सवको अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर २७ तारिख राष्ट्रिय एकता र प्रगतिका लागि उत्कृष्ट योगदान पुर्याएका नमूना समूह र व्यक्तिलाई प्रशंसा पत्र प्रदान गर्नुका साथै सम्बोधन गर्नुभएको छ।
उहाँले चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १०० वर्षभन्दा लामो समयदेखि नै चिनियाँ विशेषतासहित राष्ट्रिय विषयको समाधान गर्ने रचनात्मक मार्ग फेला पारेको औँल्याउनुभयो। उहाँले त्यसबारे व्याख्या गर्नुभयो, यो मार्ग चिनियाँ राष्ट्रको मौलिक हित र समग्र हितमा केन्द्रित रहेको छ भने सबै जातिलाई सकेसम्म एकताबद्ध गरी सबै जातिका साझा एकता र साझा समृद्धि तथा विकासलाई साकार गरेको छ, सबै जातिका समान नीतिमा अडिग रहेर जातीय उत्पीडन र भेदभावको विरोध गरेर सबै जातिका जनताको साँच्चिकै समान राजनीतिक अधिकार प्राप्त गर्न निश्चित गरेको छ, राष्ट्रिय एकताको संरक्षण र जातीय क्षेत्रीय स्वशासनको कार्यन्वयनबीचको सम्बन्धबारे सही रूपमा बुझेको छ।
राष्ट्राध्यक्ष सी चिनफिङले अभ्यासले यो मार्ग पूर्णरूपमा सही भएको प्रमाणित भएको दोहोर्याउनुभयो।