बेइजिङमा जन गणतन्त्र चीन स्थापनाको ७५ औँ वार्षिकोत्सवको अवसरमा कन्सर्टको आयोजना
2024-09-30 11:18:47CRI
Share with:

२९ तारिख, बेइजिङमा जन गणतन्त्र चीनको स्थापना भएको ७५ औँ वार्षिकोत्सवको अवसरमा एक कन्सर्टको आयोजना गरिएको छ। राष्ट्राध्यक्ष सी चिनफिङ, ली छ्याङ, चो लची, वाङ हुनीङ, छाइची, तीङ स्यूस्याङ, ली सी, हान् चन्सी लगायत चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरू तथा राष्ट्रिय नेताहरू र ३ हजार भन्दा बढीका दर्शकहरूले संयुक्त रूपमा उक्त कन्सर्टको अवलोकन गरेका छन्। साथै चीनको विगत ७५ वर्षको गौरवशाली इतिहासको समीक्षा र विशाल चीनको समृद्धिको कामना गरेका छन्।


कार्यक्रममा केन्द्रीय पार्टीका विभिन्न विभाग, बेइजिङ नगरपालिकाका प्रमुख जिम्मेवार व्यक्तिहरू, विभिन्न लोकतान्त्रिक पार्टीका केन्द्रीय नेताहरू, अखिल चीन उद्योग वाणिज्य महासङ्घका प्रमुखहरू, र पार्टी सम्बद्धता नभएका व्यक्तिका प्रतिनिधिहरू, राष्ट्रिय सम्मानबाट सम्मानित प्रतिनिधिहरू, चीनमा रहेका विभिन्न देशका राजदूतहरू, चीनमा कार्यरत विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधिहरू र चीनमा कार्यरत विदेशी विज्ञहरूका प्रतिनिधिहरूको उपस्थिति थियो।