हालै बेलायती पत्रिका 'द गार्दियन' र अमेरिकी समाचार संस्था 'ब्लूम्बर्ग न्यूज' जस्ता सञ्चार माध्यमहरूले चीनमा उत्पादन गरिएको थ्रीए (3A) खेल ' कालो किंवदन्ती: वु खोङ ' को बारेमा निम्न विषयहरु लेखेका छन्-
"यस ग्रीष्म ऋतुको सबैभन्दा रमाइलो र उत्साहजनक खेल।"
"संवेदनशील क्षेत्रमा भएको एक चक्रवात यात्रा।"
"औपचारिक रूपमा जारी गरिएको पहिलो दिन इतिहास सिर्जना भएको छ र एकै समयमा अनलाइन खेलाडीहरूको संख्याले रेकर्ड तोड्ने संभावना छ।"
थ्रीए खेल भन्नाले सामान्यतया उच्च लागत, उच्च परिमाण र उच्च गुणस्तरको एकल खेल उत्पादनलाई जनाउँछ। यसअघि, यो बजार मुख्य रूपमा जापान, अमेरिका, फ्रान्स लगायत देशका खेल कम्पनीहरूले कब्जा गरेर राखेका थिए। ' कालो किंवदन्ती: वु खोङ ' को विमोचन सन् २०२३ को अगस्ट २० तारिख भएको हो, यो चीनको पौराणिक कथा 'पश्चिमतर्फको यात्रा' का सुन वु खोङको आधारमा बुनेको हो। खेलाडीहरूले यहाँ 'स्वर्गका व्यक्ति' को रूपमा खेल्छन्, र प्राचीन किंवदन्तीको सत्यको खोजी गर्न, खतराजनक र चकित पार्ने ' पश्चिमतर्फको यात्रा' मा जान्छन्। विमोचनको दिन, एकै साथ अनलाइन खेलाडीहरूको उच्चतम संख्या २२ लाख नाघेको छ, जसले सम्पूर्ण इन्टरनेटमा रोचकता सिर्जना गरेको छ।
असाधारण खेल अनुभवको अतिरिक्त, ' कालो किंवदन्ती: वु खोङ ' ले खेलाडीहरुलाई समृद्ध सांस्कृतिक सामग्री पनि उपलब्ध गराउँछ। यस रचनामा पल्लो शान सीको कथाकला जस्ता गैर-भौतिक सांस्कृतिक सम्पदाहरू समावेश गरिएको छ। यस खेलको विकास टोलीले देशका विभिन्न स्थानहरूमा वास्तविक रूपमा अन्वेषण गरेर वास्तविक दृष्टिकोण स्क्यानिङ जस्ता प्रविधिहरूको प्रयोग गरेर छोङ छिङको ताचु ढुंगा, वल्लो शान सीको युन काङ ढुंगा गुफा र च च्याङ प्रान्तको हाङ चौ शहरको लिङ यिन मन्दिर जस्ता प्रसिद्ध सांस्कृतिक स्थलहरूलाई सटीक रूपमा निर्माण गरेको छ, जसले विश्वव्यापी खेलाडीहरुलाई चिनियाँ संस्कृति बुझ्न नयाँ तरिका प्रदान गरेको छ।
अनलाइनमा राखेदेखि विभिन्न देशका खेल समुदाय र सामाजिक मिडियामा धेरै खेल प्रेमीहरूले 'कालो किंवदन्ती: वु खोङ' को खेल अनुभव साझा गरेका छन्। केही खेलाडीहरूले विभिन्न सङ्गीत वाद्ययन्त्रमार्फत् खेलको मुख्य गीत बजाएका छन् भने केहीले खेलको सन्देशगत स्थानको इतिहास प्रस्तुत गरेका छन्, र केहीले ' पश्चिमतर्फको यात्रा ' का पात्रहरूको कथा गहिरो रूपमा विश्लेषण गरेका छन्। र केही इन्टरनेट प्रयोगकर्ताहरूले खेलेको पृष्ठभूमि बुझ्नका लागि ' पश्चिमतर्फको यात्रा ' पढ़्न सुरु गरेको बताएका छन् र 'चाइना ट्राभल' मा जाने इच्छा व्यक्त गरेका छन्, खेलको छायाङ्कन स्थलको भ्रमण गर्दा 'पवित्र भूमि यात्रा' गर्ने आशा गरेका छन्।
' कालो किंवदन्ती: वु खोङ ' को सफलताको पछाडि चीनको उत्कृष्ट परम्परागत संस्कृतिको पुनर्जागरण छ, र विश्वभरका अरु बढी मानिसहरुले चीनको उत्कृष्ट परम्परागत संस्कृति र कथाहरूलाई बुझ्न चाहिरहेका छन्।