न्युयोर्कमा “अनलाइन सुनौलो पत्र: म र चीन बीचको कथा”
2024-09-30 15:23:14CRI
Share with:

 

सेप्टेम्बर २८ तारिख चाइना मिडिया ग्रुपको तत्वावधानमा “अनलाइन सुनौलो पत्र: म र चीन बीचको कथा” शीर्षकमा जन गणतन्त्र चीन स्थापनाको ७५ औँ वार्षिकोत्सव समारोह अमेरिका कार्यक्रम न्युयोर्कमा सफलताका साथ आयोजना गरिएको छ। केन्द्रीय प्रचार-प्रसार विभागका उपप्रमुख एवम् चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्योङले भिडियोमार्फत सम्बोधन गर्नुभएको छ। अमेरिकाका लागि चिनियाँ राजदूत से फङ लगायत विभिन्न क्षेत्रका मैत्रीपूर्ण अमेरिकी व्यक्तिहरू, विविध विश्वविद्यालयका शिक्षक र विद्यार्थी प्रतिनिधिहरू गरी लगभग १ सयजना अतिथिको सो कार्यक्रममा सहभागिता रहेको छ। 

अमेरिकाका लागि चिनियाँ राजदूत से फङले चीन र अमेरिका दुवै देशका युवायुवती बीच अझ बढी आवत-जावत र आदान-प्रदान हुने आशा व्यक्त गर्नुभएको छ।

अमेरिका, बेलायत, जर्मनी, इटली, स्पेन, जापान, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, इण्डोनेशिया र सिंगापुर लगायत जम्मा ७० वटा मुलुक र क्षेत्रका १२५५ वटा वैदेशिक मुख्य मिडिया संस्थाले यस कार्यक्रमको रिपोर्ट गरेका छन्।