विकसित देशहरूद्वारा शरणार्थी उद्गम देशहरूलाई सहयोग र समर्थन बढाउन चीनको आग्रह
2024-10-01 16:07:07cri
Share with:

संयुक्त राष्ट्रसंघका लागि चीनका उपआवासीय प्रतिनिधि ताई पिङले सेप्टेम्बर ३० तारिख सुरक्षा परिषद्को बैठकमा लिबियाको तटबाट आप्रवासीको तस्करी र मानव बेचबिखनबारे सम्बोधन गर्नुभएको छ। उहाँले लिबियाको तटमा उच्च समुद्रमा अवैध आप्रवासनको समस्याका जटिल कारणहरू रहेका र जसमा अति गरिबी, सामाजिक अशान्ति, सशस्त्र द्वन्द्व लगायत समस्याहरू महत्त्वपूर्ण रहेको विचार राख्नुभयो। विकसित देशहरूद्वारा शरणार्थी उद्गम देशहरूको अर्थतन्त्रको विकास तथा जीविकोपार्जनमा सुधार ल्याउन सहयोग गर्दै शरणार्थी उद्गम देशहरूलाई दिने समर्थन र सहयोग बढाउन चीनले आग्रह पनि गरेको छ।

प्रतिनिधि ताई पिङले अगाडि भन्नुभयो, ‘मध्यसागरमा अवैध शरणार्थी आप्रवासनको समस्या धेरै वर्षदेखि चलिरहेको छ र यो यसै क्षेत्रका देशहरूले सामना गरिरहेको साझा चुनौती हो। आप्रवासीहरूको व्यापक अवैध तस्करीको सामना गर्दा, शरणार्थी उद्गम मुलुक, ट्रान्जिट र गन्तव्य देशहरूले साझा जिम्मेवारी लिनुपर्छ र गुप्तचर सूचना साझेदारी, संयुक्त कानून प्रवर्तन, समुद्री निगरानी र उद्धार, तथा तस्करी आपराधिक वित्तीय सञ्जाललाई प्रहार गर्ने क्षेत्रमा हुने सहयोगलाई गहन पार्नुपर्छ। जसले गर्दा क्षेत्रीय स्थिरता र विकासमा अवैध शरणार्थीहरूको प्रभावलाई संयुक्त रूपमा कम गर्न सकियोस्। युरोप लगायत विश्वका विकसित देशहरूले लिबिया र सम्बन्धित देशहरूलाई उपकरण, रसद, वित्तीय सहयोग प्रदानलाई निरन्तरता दिनुपर्छ।