चीन र अमेरिकाका वाणिज्य मन्त्रीहरूले निकट भविष्यमा फोन-वार्ता गरी चीन-अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्ध र विद्युतीय सवारी साधनको प्रतिबन्ध लगायत दुवै पक्षका लागि ठूलो अभिरूचि आर्थिक र व्यापारिक मामिलाबारे गहन वैचारिक आदानप्रदान गर्ने भएका छन्।
यो फोन-वार्ता दुई देशका वाणिज्य विभागबीच संस्थागत संवाद र सञ्चार हो। यस वर्षको जनवरी ११ तारिख चीन र अमेरिकाका वाणिज्य मन्त्रीहरूले फोन-वार्ता गर्नुभएको थियो। सो अवसरमा दुवै पक्षले पारस्परिक चासोका आर्थिक र व्यापारिक विषयबारे गहन र व्यावहारिक आदानप्रदान गरेका थिए। साथै दुवै पक्षले चीन र अमेरिकाबीच आर्थिक र व्यापारिक क्षेत्रमा राष्ट्रिय सुरक्षा सीमाबारे पनि छलफल गरेका थिए।
चिनियाँ र अमेरिकी वाणिज्य मन्त्रीबीचको संवादले दुई देशको आर्थिक र व्यापारिक सम्बन्धको स्थिर विकासका लागि सहयोगी हुने र दुई देशका उद्यमहरूबीच पारस्परिक लाभकारी सहयोगका सक्रिय सर्त सिर्जना गर्नेछ।
वास्तवमा, विद्युतीय सवारी साधनबारे चीनले हालै अमेरिका र युरोपेली संघसँग घनिष्ट वैचारिक आदानप्रदान गरिरहेको छ।