७९औँ संयुक्त राष्ट्रसङ्घीय महासभाको सामान्य बहस सम्पन्न
2024-10-01 16:09:05cri
Share with:

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाको सामान्य बहस सेप्टेम्बर ३० तारिख न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा सम्पन्न भएको छ।  ७९ औँ महासभाका अध्यक्ष फ्रेमोन्ट योङले सम्बोधन गर्दै पछिल्ला केही दिनमा इजरायल र लेबनान अल्लाहबीचको हिंसात्मक द्वन्द्व तीव्र रूपमा बढेको र मध्यपूर्वभरि युद्ध निम्त्याउन सक्ने खतरा बढेको बताउनुभयो। इजरायल, प्यालेस्टिनी इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) र लेबनान अल्लाहलगायत सबै पक्षलाई तत्काल युद्धविराम सम्झौता गर्न र सबै बन्दीलाई तत्काल रिहा गर्न उहाँले आग्रह गर्नुभयो। साथै उहाँले प्रभावशाली देशहरूलाई द्वन्दरत पक्षबीच तत्काल युद्धविराम र वार्ता गर्न आग्रह गर्नुभयो। यसका अतिरिक्त, यस क्षेत्रमा हतियार आपूर्ति गर्ने सबै देशहरूलाई यस्ता कार्यहरू रोक्न ताकिता पनि गर्नुभयो। "शान्तिलाई मौका दिन" पनि उहाँको सुझाव थियो।

सेप्टेम्बर २४ तारिख शुरु भएको महासभाको सामान्य बहसको मुख्य विषय "कसैलाई पनि पछाडि नछोड्नुः हातमा हात मिलाएर शान्ति, दिगो विकास र मानवीय मर्यादाको प्रवर्द्धन गरेर हित कल्याण सिर्जना गर्नु" भन्ने रहेको छ।

संयुक्त राष्ट्रसङ्घको महासभा हरेक वर्षको सेप्टेम्बरदेखि डिसेम्बरसम्म नियमित अधिवेशनमा बस्ने गर्दछ। नियमित सत्रहरू सामान्यतया दुई चरणमा विभाजित हुन्छन्, जसमध्ये पहिलो सामान्य बहस हो र दोस्रो साधारण सभाद्वारा कार्यसूचीमा रहेका मुद्दाहरूको छलफल र अनुमोदन हो।