“हाइ, चाइना”अन्तरक्रियात्मक कार्यक्रमबाट विश्वभरको ध्यान आकर्षित
2024-10-01 16:29:03CRI
Share with:

जन गणतन्त्र चीन स्थापनाको ७५औं वार्षिकोत्सवको उपलक्ष्यमा, चाइना मिडिया ग्रूप एशिया र अफ्रिका भाषा कार्यक्रम केन्द्रले विदेशी युवाहरूको लागि शुरु गरेको "हाइ, चाइना" अनलाइन र अफलाइन अन्तरक्रियात्मक सांस्कृतिक संचार गतिविधिहरूले धेरै देशहरूमा ध्यान आकर्षित गरेको छ।

पाकिस्तान, कम्बोडिया, मलेसिया, नाइजेरिया, श्रीलङ्का, टर्की लगायतका देशहरूमा आयोजित अफलाइन "हाइ, चाइना" थिमका सांस्कृतिक आदानप्रदान र अन्तरक्रियात्मक कार्यक्रमहरूमा विभिन्न देशका विशिष्ट व्यक्तिहरू, मिडिया व्यक्तित्वहरू र युवा नेताहरूले भाग लिएका छन्।

उनीहरुले चिनियाँ संस्कृतिको आकर्षण अनुभव गरेको साथै जनस्तरको आदानप्रदानलाई पनि बढाएका छन् र जन गणतन्त्र चीन स्थापनाको ७५औं वर्षगाँठको शुभकामना पनि दिएका छन्।