चीनको इलेक्ट्रिक वाहनहरूमा क्यानाडाले थप भन्सार कर लागू गरेको छ भने चीनको इस्पात र आल्मुनियम उत्पादनहरूमा ट्यारिफ जारी गरेको छ। अक्टोबर २ तारिख चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले ट्यारिफको अन्तिम उत्पादन सूचीमा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिनुभएको छ।
पत्रकारले सोधे, ‘क्यानडाको अघिल्लो घोषणाअनुसार, चीनबाट आयात हुने विद्युतीय सवारीसाधनमा १०० प्रतिशत सरचार्ज (थप चार्ज) थप्ने निर्णय अक्टोबर १ देखि लागू भएको छ। सोही दिन, क्यानडाले अन्तिम उत्पादन सूची पनि घोषणा गरेको थियो जसले अक्टोबर २२ मा चीनबाट आयात हुने इस्पात र एल्युमिनियम उत्पादनहरूमा आधिकारिक रूपमा २५ प्रतिशतले सरचार्ज लगाउनेछ। यसप्रति चीनको प्रतिक्रिया के छ?’
चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले यसरी जवाफ दिनुभयो, ‘क्यानाडले सान्दर्भिक कागजातहरू जारी गरेको छ। विगत केही समयदेखियता, क्यानडाले तथ्यलाई बारम्बार बेवास्ता गर्दै आएको छ र अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक नियमलाई बेवास्ता गरेको छ। साथै धेरै पक्षको विरोध र असहमतिलाई बेवास्ता गरेको छ। र चीनविरुद्ध एकतर्फी दमनकारी कदम चालिरहेको छ। क्यानाडाको अभ्यासले बजार अर्थव्यवस्था र निष्पक्ष प्रतिस्पर्धाको सिद्धान्तहरूको उल्लङ्घन गरेको छ, चिनियाँ र क्यानेडियन उद्यमहरू बीचको सामान्य आर्थिक र व्यापारिक सहयोगलाई गम्भीर रूपमा कमजोर पारिरहेको छ। चीन-क्यानाडा आर्थिक र व्यापार सम्बन्धमा गम्भीर असर पारेको छ। विश्वव्यापी औद्योगिक र आपूर्ति श्रृंखलालाई अवरोध र विकृत गरेको छ। चीनले यस्ता गतिविधिको कडा विरोध गर्दछ। चीनले चिनियाँ उद्यमहरूको वैध अधिकार र हितहरूको दृढतापूर्वक रक्षा गर्न सबै आवश्यक कदमहरू चाल्ने छ।’