हाल अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले नजर पुर्याइरहेका छन् - चीनले चिनियाँ शैलीको आधुनिकीकरणलाई कसरी अगाडि बढाउँछ? जसले संसारलाई कस्ता नयाँ अवसर दिनेछ?
सर्वप्रथम अवसर "शान्ति" को अवधारणाबाट आउँछ। चिनियाँ शैलीको आधुनिकीकरण शान्तिपूर्ण विकासको मार्ग पछ्याउने आधुनिकीकरण। जसको विकासले विश्व शान्ति र स्थिरतालाई प्रभावकारी रूपमा बढाउनेछ। हाल, चीन विश्वमा आफ्नो संविधानमा शान्तिपूर्ण विकासलाई समेटेको एउटा मात्र प्रमुख देश हो र पाँच आणविक-हतियार रहित देशहरूमध्ये आणविक हतियारको पहिला प्रयोग नगर्ने वचन्वद्धता गर्ने एक मात्र देश हो।
चिनियाँ शैलीको आधुनिकीकरणले विभिन्न देशको साझा विकासलाई प्रभावकारी रूपमा अघि बढाउनेछ। सेप्टेम्बर ३० तारिख आयोजित जनगणतन्त्र चीनको स्थापनाको ७५ औँ वार्षिकोत्सव समारोहमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले भाषण दिंदै चौतर्फी रूपमा सुधारलाई अझ गहिरो पार्ने र खुलापन अझ विस्तार पार्ने गरी उच्च गुणस्तरीय विकासलाई बढाउने विषय दोहोर्याउनुभयो। यसले विश्वलाई अझ व्यापक सहयोग अवसर दिनेछ।
चिनियाँ शैलीको आधुनिकीकरणको प्रगतिको साथ, चीनको अद्वितीय विकास मार्गले बाहिरी संसारलाई अझ गहन ज्ञान ल्याएको छ। भारतीय नेहरु विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध स्कूलका प्रोफेक्चर स्वर्ण सिंहले हालै लेखमा चिनियाँ शैलीको आधुनिकीकरणले 'आधुनिकीकरण = पश्चिमीकरण' को मिथकलाई तोडेको र विश्वका लागि यससँग महत्वपूर्ण अर्थ रहेको उल्लेख गर्नुभएको छ ।
त्यसका साथै, चिनियाँ शैलीको आधुनिकीकरणले विश्वव्यापी प्रशासनको सुधारलाई पनि घच्घच्याउनेछ। विश्वव्यापी असन्तुलित विकास, व्यापक एकपक्षीय प्रभुत्व र तीव्र पर्यावरणीय चुनौती आदि विश्वव्यापी संकटका सामु चीनले सँधै परामर्शमार्फत् अन्तर्राष्ट्रिय मामिलाको समाधान गर्नुपर्ने र विश्वव्यापी शासनमा "साँचो बहुपक्षीयता" को कार्यान्वयन गर्नुपर्ने ठहर गरेको छ।
७५ वर्ष पार गरेको समयले निरन्तर पुष्टि गर्नेछ, चीनले खोजेको आफ्नै आधुनिकीकरण होइन। तर चीनले विभिन्न देशहरूसँग शान्तिपूर्ण विकास, पारस्परिक लाभकारी सहयोग र साझा समृद्धि हुने विश्वव्यापी आधुनिकीकरण हासिल गर्ने इच्छा लिएको छ।