अन्तर्राष्ट्रिय थिंक ट्यांक: मरुभूमिकरणविरुद्ध लड्न चीनले चालेको कदम सम्मान योग्य
2024-10-02 18:32:41cri
Share with:

अन्तर्राष्ट्रिय थिंक ट्यांक शिलर इन्स्टिच्युट (क्यानडा शाखा) का वरिष्ठ मानार्थ अनुसन्धानकर्ता कारेल भेरेस्केनले सेप्टेम्बर १० तारिख शिलर इन्स्टिच्युटको वेबसाइटमा ‘मरुभूमिकरणविरुद्ध लड्न चीन अनुकरणीय’ शीर्षकको  हस्ताक्षरित लेख प्रकाशित गर्नुभएको छ।

सन्२०२४को जुन १७मा मरुभूमिकरण र खडेरी विरुद्धको ३०औं विश्व दिवसको अवसरमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले घोषणा गर्दै चीन भूक्षय-शून्य अवस्था वृद्धि भएको र मरुभूमिकरण तथा बालुवालाई कम गर्ने विश्वको पहिलो देश बनेको जनाउनुभयो। जसले सन्२०३०सम्ममा विश्वव्यापी भूक्षय-शून्य बृद्धि हुने लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।

आफ्नो लेखमा अनुसन्धानकर्ता करेल विसिकेनले यसरी लेख्नुहुन्छ, ‘विगत केही दशकमा मरुभूमिकरणविरुद्ध लड्दा अग्र स्थानमा पुगेको चीनले व्यापक अन्तर्राष्ट्रिय आदानप्रदान र सहयोग गरिरहेको छ। साथै यस्तै चुनौतीको सामना गरिरहेका देशहरू, विशेषगरी अफ्रिकी देशहरूसँग आफ्नो अनुभव साटासाट गरिरहेको छ।

चीनले मरुभूमिकरणविरुद्ध लड्न संयुक्त राष्ट्रसंघीय महासन्धिअन्तर्गत आफ्नो दायित्व सक्रियतापूर्वक पूरा गर्दै आएको छ र मरुभूमिकरणविरुद्ध लड्न चीनको ज्ञान र अनुभव विश्वका अन्य देशहरूसँग साटासाट गर्नको लागि सन्२०१९को डिसेम्बरमा निङस्यामा मरुभूमिकरणविरुद्ध लड्नका लागि अन्तर्राष्ट्रिय ज्ञान व्यवस्थापन केन्द्रको स्थापना पनि चीनले गरेको छ।

उक्त लेखमा भनिएको छ, ‘मरुभूमिकरणविरुद्ध लड्न चीनले चालेका कदमहरु सम्मान योग्य छन् भन्ने कुरा विश्वले स्वीकार गर्नुपर्छ र यी कार्यले चीनको समृद्धिका लागि मात्र होइन, विश्व शान्तिका लागि पनि वातावरण सिर्जना गरिरहेको छ।