इजरेलले १ तारिख लेबनानको दक्षिणी भागमाथि सैन्य गतिविधि गरेको छ। २ तारिख विहान इरानले इजरेलमाथि सैन्य प्रहार गरेको छ।
चीनले मध्य-पूर्वी परिस्थितिमा आएको उतार-चढावबारे चिन्ता व्यक्त गर्दै लेबनानको सार्वभौमिक्ता, सुरक्षा र प्रादेशिक अखण्डता उल्लंघन गरेकोमा द्वन्द्वको विस्तारको विरोध गरेको छ। चीनले अन्तर्राष्ट्रिय जगत, विशेष गरी प्रभावकारी ठूला देशसँग रचनात्मक भूमिका खेलेर परिस्थिति अझ बढ्न नदिन आह्वान गरेको छ। गाजा क्षेत्रमा युद्धविराम साकार नतुल्याउनु मध्य-पूर्वी क्षेत्रमा उतार-चढावको मूल कारण हो। विभिन्न पक्षबीच छिटै सकेसम्म गाजा क्षेत्रमा चौतर्फी तथा दीर्घकालीन युद्ध विराम हुनुपर्ने विचार चीनले गरेको छ। यसप्रति चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले यसरी मूल्याकन गरेका हुन्।