घानाको मिडिया: चिनियाँ शैलीको आधुनिकीकरणको उद्देश्य अनुभव आदानप्रदान गर्नु
2024-10-02 18:53:31cri
Share with:

सेप्टेम्बर १६ मा घाना ब्रोडकास्टिङ कर्पोरेसनका अध्यक्ष अमिन अल्हासनले घाना ब्रोडकास्टिङ कर्पोरेसनको वेबसाइटमा ‘चीन-अफ्रिका सहयोगले अफ्रिकाको आधुनिकीकरण प्रक्रियालाई बढाउँदै’ शीर्षकको हस्ताक्षरित लेख प्रकाशित गर्नुभएको छ।

लेखमा अल्हासनले सन्२०००मा चीन-अफ्रिका सहयोग मञ्चको स्थापनापछि, अफ्रिकाले चिनियाँ शैलीको आधुनिकीकरणको प्रारुपमा धेरै कदमहरू चालेको उल्लेख गर्नुभएको छ। उहाले लेख्नुभयो, ‘युरोप र अमेरिकाको विपरीत, अफ्रिकाको विकास र आधुनिकीकरणप्रति चीनको दृष्टिकोणले औंला उठाउनुको साटोमा ऐक्यबद्धतामा जोड दिन्छ। चीनले अफ्रिकी अर्थतन्त्रलाई युरोप र अमेरिकाको परिधिबाट बाहिरमा राख्नुको साटो चीनले दुवै पक्षका लागि जीत-जीतको स्थितिको आवश्यकतामा जोड दिइरहेको छ।

अलहासनका अनुसार सर्वविदित कुरा के हो भने, अफ्रिकामा  आधुनिकीकरणको लागि चीन पूर्वाधार निर्माणमा केन्द्रित छ र मुख्यतया पारस्परिक लाभ र जीत-जीत परिणाममा जोड दिन्छ।

यसका अतिरिक्त, भविष्यमा चीन र अफ्रिका दुवै पक्षले पारस्परिक आदानप्रदानमा मित्रताको सेतु निर्माण गर्नुका साथै चीन–अफ्रिका मित्रताका थप मर्मस्पर्शी कथाहरू सुनाउन थप प्रयास गर्न आवश्यक रहेको पनि अल्हासनले औंल्याउनुभएको छ।