पाकिस्तानको प्रसिद्ध मिडिया दैनिक एकता अखवारका प्रधान सम्पादक ताहिर फारुकले सेप्टेम्बर १५ तारिख अखबारको वेबसाइटमा "चीनसँग मेरो पुस्तागत सम्बन्ध" शीर्षकमा हस्ताक्षरित लेख प्रकाशित गर्नुभएको छ।
फारुकले चीनसँग आफ्नो र आफ्नो परिवारको सम्बन्धको बारेमा व्यक्तिगत अनुभव बताउनुभयो। ताहिर फारुकले जन गणतन्त्र चीन स्थापना भएको ७५ वर्षको छोटो अवधिमा विश्वका ध्यानाकर्षक महान् उपलब्धि हासिल गरेबाट चिनियाँ कम्युनिष्ट पार्टीसँग अतुलनीय बलियो नेतृत्व छ भन्ने देखाउन पर्याप्त छ, जुन प्रशंसनीय छ। चीनको विकासले पाकिस्तानका लागि पनि उदाहरण प्रस्तुत गरेको पनि लेखमा जनाइएको छ।
चीन-पाकिस्तान सहकार्यका सम्बन्धमा चर्चा गर्दै लेखमा यसरी लेखिएको छः चीन-पाकिस्तान आर्थिक करिडोर एकातर्फ पाकिस्तानी जनताको हृदयको कडी हो भने अर्कोतिर दुई देशको भविष्यको कडी पनि हो। पाकिस्तानको विकासका लागि चीनले गरेको दीर्घकालीन सहयोगका लागि पाकिस्तानले हार्दिक धन्यवाद दिन चाहन्छ र चीनसँग घनिष्ठ आदानप्रदान कायम राख्न र दुई देशका जनताको हितका लागि पारस्परिक लाभकारी सहयोगलाई प्रगाढ बनाउन पाकिस्तान तयार छ। रेशमी मार्गदेखि बेल्ट एण्ड रोड अवधारणासम्म चीन र पाकिस्तानले आर्थिक समृद्धिको युग कोर्न सक्ने विश्वास पनि व्यक्त गरिएको छ।