सेप्टेम्बर ५ तारिख जाम्बियाको मूलधारको मिडिया द नेशन डेलीका स्तम्भकार डेका जुलुले जाम्बियाको द नेशन डेलीको वेबसाइटमा ‘चिनियाँ शैलीको आधुनिकीकरणले जाम्बिया लगायत अफ्रिकाको विकासका लागि अवसरहरू ल्याउँदै’ शीर्षकको लेख प्रकाशित गर्नुभएको छ।
उक्त लेखमा जुलुले लेख्नुभयो, ‘चीनका १ अर्ब ४० करोडभन्दा बढी जनसंख्या आधुनिक समाजतर्फ अघि बढिरहेका छन्, जुन सबै विकसित देशको कूल जनसंख्याभन्दा धेरै हो। यसको अर्थ चीनले विश्व अर्थतन्त्रमा ठूलो जीवन्त शक्ति थप्न बाध्य छ। बितेको एक दशकमा चीनले विश्वको आर्थिक वृद्धिमा सबै जी ७ राष्ट्रको सम्पूर्ण बृद्धिभन्दा बढी योगदान पुर्याएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार, चीनको कूल गार्हस्थ्य उत्पादन मात्रामा प्रत्येक १ प्रतिशतको वृद्धि भएमा अन्य एसियाली देशको अर्थतन्त्र ०.३ प्रतिशतले बढ्नेछ।
जुलुकाम अनुसार चिनियाँ शैलीको आधुनिकीकरणले जाम्बिया लगायत अफ्रिकी देशहरूको दिगो विकासलाई साकार तुल्याउनको लागि एक व्यापक ढाँचा प्रदान गर्दछ, जसले अफ्रिकी देशहरुका विभिन्न उद्योग र क्षेत्रमा नयाँ विकास अवसरहरू सिर्जना गर्न प्रोत्साहित गर्नेछ।