अल्जेरियाको मूलधार मिडिया इकोनोमिक न्यूज नेटवर्कका महाप्रबन्धक जलाल रुजले हालै अल्जेरिया इकोनोमिक न्यूज नेटवर्कको वेभसाइटमा ‘अरब-चीन सहयोग: भविष्य उन्मुख रणनीतिक कदम’ शीर्षकमा हस्ताक्षरित लेख प्रकाशित गर्नुभएको छ। अल्जेरिया जन गणतन्त्र चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको पहिलो अफ्रिकी मुलुकमध्ये एक हो। समयसँगै दुई देशबीचको सम्बन्ध राजनैतिक, आर्थिक, पूर्वाधार, विज्ञान तथा प्रविधि लगायतका क्षेत्रहरुलाई समेट्ने गरी व्यापक रणनीतिक साझेदारी सम्बन्धमा विकसित भएको जलालले लेखमा औंल्याउनुभएको छ।
उक्त लेखमा राजनीति, पूर्वाधार, व्यापार र विज्ञान तथा प्रविधिका क्षेत्रमा दुई देशबीचको सहयोगात्मक सम्बन्धको विश्लेषण गरिएको छ। चीनले अल्जेरियालाई सधैं उत्तर अफ्रिकाको महत्वपूर्ण रणनीतिक साझेदारको रूपमा लिने गरेको उक्त लेखमा पनि उल्लेख गरिएको छ। दुई देशबीचको व्यापक रणनीतिक साझेदारी सम्बन्धको प्रवर्द्धनले अल्जेरियाको आर्थिक र सामाजिक विकासलाई बढाइएको मात्र होइन, भविष्यमा नवीकरणीय ऊर्जा, विद्युतीय सवारी साधन र सूचना प्रविधिको क्षेत्रमा पनि थप फलदायी परिणाम हासिल गर्न दुवै देशलाई राम्रा अवसरहरु पनि प्रदान गरिने छ।