नेपालमा लगातार गम्भीर बाढी र पहिरोप्रति चिनियाँ परराष्ट्र मन्त्रीको सात्वना सन्देश
2024-10-03 16:04:39cri
Share with:

हालै नेपालमा लगातार गम्भीर बाढी र पहिरो गएकोमा अक्टोबर २ तारिख चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले नेपाली परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालाई सात्वना सन्देश पठाउनुभएको छ।

सन्देशमा नेपालमा गएको गम्भीर बाढी र पहिरोमा परी ठूलो संख्यामा हताहती भएको साथै भौतिक  क्षति भएको थाहा पाएर चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले प्रकोपमा परेर मारिएकाहरुलाई दिलैदेखि शोक व्यक्त गर्नुका साथै मारिएकाहरुका परिवार र घाइतेहरुलाई सात्वना पनि दिनुभएको छ। पहाड र नदी जोडिएका छिमेकी चीनले नेपालको आवश्यकता बमोजिम प्रकोप उद्धार गर्नको लागि सकेसम्म समर्थन तथा सहयोग प्रदान गर्ने इच्छा पनि चिनियाँ परराष्ट्र मन्त्री वाङले गर्नुभएको छ।