रेलवेमा चीन
2024-10-03 19:50:53CRI
Share with:

सेप्टेम्बर १४ तारिखसम्म, चीनको रेलवेको सञ्चालन दूरी १.६ लाख किलोमिटर भन्दा बढी पुगेको छ, तीमध्ये ४६ हजार किलोमिटरभन्दा बढी उच्च गतिको रेलवेको (हाइस्पिड रेल) छ। आजभन्दा ७५ वर्षअघि, चीनमा साधारण रेलमार्गको सञ्चालन दूरी २१ हजार किलोमिटर मात्र थियो। आजआएर, उच्च गतिको रेल नेटवर्कको निरन्तर विस्तारको क्रममा, बढीभन्दा बढी मानिसहरूले उच्च गति र सुविधाजनक यात्रा सेवाहरूको आनन्द पाउन सकेका छन्। आधा घण्टाको यात्रा सर्कल, १ घण्टाको जनजीविका सर्कल, ३ घण्टाको उच्च गति रेल सर्कल...... चीनको रेलमार्गले मानिसहरूको यात्रा गर्ने तरिका परिवर्तन गरेको मात्र होइत चीनको आधुनिकीकरण प्रक्रियामा एक महत्त्वपूर्ण प्रतीक पनि बनेको छ।